
पूर्णपुष्टि, जेष्ठ २४
निषेधाज्ञाले ठप्प पारिएका काठमाण्डौ उपत्यकाको व्यापार व्यवसायीहरु दिउँसो बाट बन्द हुन्छ । बन्दकै बेला दिउँसो भाटभटेनी डिपार्डमेन्ट स्टोर खोेलेको आरोपमा मेनेजर पक्राउ परेको छ । कोटेश्वर स्थित रहेको भाटभटेनी डिपार्डमेन्ट स्टोरका मेनेजर सागर गुरुङलाई पसल खोलेको आरोपमा प्रहरीले गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।
दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।
