
पूर्णपुष्टि, जेठ १२ । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् । पक्रा्रउ पर्नेमा मोरङको कटहरी गाउँपालिका(३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार पासवानले मोरङको कटहरी गाउँपालिका–५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेका थिए । उक्त सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।