Thursday, May 7News That Matters

प्रहरी अतिरीक्षक महानिरीक्षक (एआईजी) बढुवामा ४ जना सिफारिस

पूर्णपुष्टि, चैत्र १३ । चार जना प्रहरी नायव निरीक्षक (डिआईजी) प्रहरी अतिरीक्षक महानिरीक्षक (एआईजी) बढुवा सिफारीसमा परेका छन् । आज बसेको गृह मन्त्रालयको बढुवा समिति बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार चार (डिआईजी) लाई (एआईजी) बढुवाका लागी सिफारीस गरेको हो ।बढुवाका लागी सिफारीसमा परेका सन्दीप भण्डारी ६८.४६१२ नम्बरसहित पहिलो स्थानमा छन् भने सुदिप गिरी ६८.२११२ नम्बरसहित दोस्रो स्थानमा छन् । त्यस्तै ६७.८३०६ नम्बर सहित मिरा चौधरी तेस्रो स्थानमा छन् भने ६७.६९७३ नम्बरसहित टेकबहादुर तामाङ चौथो स्थानमा छन् ।