प्रहरी जवानको तीन महिने प्राविधिक तालिक सम्पन्न

पूर्णपुष्टि, पुष २२
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । भाद्र २७ गते देखी संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको ९० कार्य दिनको आधारभुत तालिम पुष २२ गते सम्म संचालन भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, बिद्यामान कानुन र सूचना प्रबिधि लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: