Monday, April 20News That Matters

प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

पूर्णपुष्टि, साउन २४ । रौतहटमा सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको हो।

साहले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। चेकजाँचको क्रममा साहको झोलाबाट सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएको छ। प्रहरीले उनीमाथि अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।