
पूर्णपुष्टि, जेठ ११ गते ।
काठमाण्डौको एक प्रहरी विटमा कर्यारत प्रहरी निरिक्षक (असई) मृत फेला परेको छ । प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उनलाई भेटिएको प्रहरीले जनाएको छ ।
