
पूर्णपुष्टि, जेठ ११ गते ।
काठमाण्डौको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टोखा नगरपालिका–१ झोरका २४ वर्षीय मनोज दुलाल र २० वर्षीय पासाङ तामाङको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
टोखाको पन्चेटारमा एकआपसमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बा ९१ प ११८८ र बा ८५ प ५६६ नम्बरको मोटरसाइकल ठोक्किएर उछिट्टिदा प्रदेश ३ ०२ ००१ प २२०० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको ग्रीनसिटी अस्पताल टोखामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
