Friday, May 22News That Matters

कतारमा करिब ७ हजार नेपाली संक्रमित

पूर्णपुष्टि, जेठ ११ गते । 

कोरोना भाईरसबाट कतारमा करिब ७ हजार नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकले कतारमा मात्रै ६ हजार ९ सय ११ जना नेपाली संक्रमित भएको देखाएको हो ।

अघिल्लो हप्ता २ हजार ५ सय नेपाली संक्रमित भएकोमा कतारमा थप ४४ सय ११ जनामा संक्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै नेपालीका मुख्य श्रम गन्तव्यमध्येका अर्को देश यूएईमा ५ सय नेपाली संक्रमित भएका छन् । यस्तै साउदीमा १३ सय ६४, बहराइनमा ३ सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीमा संक्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।

अहिलेसम्म यूएईमा कोरोनाको कारण १८ नजा नेपालीको मृत्यु भएको छ । यस्तै साउदीमा ७, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको समितिले जनाएको छ ।