
पूर्णपुष्टि, जेठ ११ गते ।
रुकुमपश्चिम चौरजहारीमा गाउँलेको कुटाईबाट नवराज विकको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको हो ।
मृतक विकसँगै गएका ६ जना युवा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । १२ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक विक र सोतीकी एक युवतीबीच प्रेम रहेको थियो । उनी प्रेमिकाको आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
केटाहरु आएको जनाकारी युवतीकी आमाले थाहा पाएर गाउँमा हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँहरुले लखेट्दा अन्य ६ युवा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
विकसँग प्रेम रहेको थाहा पाएपछि युवतीका आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको थियो । उजुरी दिएपछि दुवै पक्षवीच छलफल भई जात नमिल्ने भन्दै अस्वीकार गरिएको प्रहरीले जनाएको छ ।
