Tuesday, May 12News That Matters

प्रहरी हुँ भन्दै व्यक्तिगत सुचना मागे प्रहरीलाई खबर गर्न आग्रह

पूर्णपुष्टि, बैशाख ३० गते । 

साईबर अपराध अनुसन्धान तथा साईबर सेक्युरिटीको मान्छे भन्दै व्यक्तिगत सुचना तथा फोटो पठाउन लगाए सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो सायमा कतिपय मानिसले आफू प्रहरीको मान्छे भन्दै अपराध गरिरहेकाले नचिनेका मानिसको त्रासमा नबस्न प्रहरीले आग्रह गरेको हो ।

प्रहरीले कसैले दुख दिए वा धम्काए नजिकैको प्रहरी कार्यालय वा साइबर व्यूरोमा सम्पर्क गर्न भनेको छ । मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गरेर आफ्ना समस्या टिपाउन प्रहरीको अनुरोध छ ।