Friday, February 14News That Matters

प्राकृतिक ताजमहल र दरबार फेला -भिडियोसहित

पूर्णपुष्टि/उदयपुर, असोज २१ गते ।

उदयपुरमा प्राकृतिक ताजमहल र दरबार फेला परेको छ । त्रियुगा नगरपालिका वडा नंं १६ को शाहीखोलामा विभिन्न आकृति र आकर्षणले भरिएको प्राकृतिक ताजमहल र दरबार फेला परेको हो ।

बर्षौ पुरानो उक्त ठाउँको प्राकृतिक ताजमहल र दरबारलाई बुढापाकाहरुले बनमान्छेको दरबार भन्ने गरेको स्थानीय बृद्ध श्रीमान दनुवारले बताउनुभयो ।

हेर्नका लागि ज्यादै आकर्षक र हतपत्ति नभत्किने कसिलो र बलियो आकृतिहरु बर्षातको पानीले बनाएको स्थानीयको अनुमान छ । विभिन्न रङ र तहका कसिलो माटाका कारण बर्षातको पानीले आकार निकालेको हुनसक्ने उनीहरु बताउछन् । आकारहरु कुनै प्रख्यात सिपालु कलाकारले बनाएभन्दा कम छैन । त्यहाँको सिंगो आकृत ढिस्कोलाई हेर्ने हो भने विश्वप्रख्यात ताजमहलको झलक आउने भएकाले स्थानीयले प्राकृतिक ताजमहल भनेर नामाकरण गरेका हुुन् । खासगरी त्याँहाका दुईवटा ढिस्कामा एउटाले ताजमहल र अर्कोले पौरानिक दरबारको आकार झल्काएको छ ।

हाल संरक्षणको खाँचो रहेको उक्त ठाउँ पहिले पहिले अझ सुन्दर र भब्य रहेको स्थानीय बृद्ध दनुवारले बताउनुभयो ।
आकलझुकल मात्र मानिस पुग्ने उक्त ठाउँमा दुई महिनादेखि हेर्न जानेको संख्या बढ्दो छ । गाउँ र जंगलको साँधमा गाउँलाई अगाडी पारेर खडा ताजमहल र दरबार हेरिसकेपछि जो कोही आकर्षित हुने गरेका छन् । “पहिलो पटक आएर यो ठाउँ हेरियो, असाध्यै राम्रो लाग्यो ।” अवलोकनको क्रममा भेटिएकी स्थानीय रिता राउतले भन्नुभयो “यसले व्यापक प्रचार प्रसार पाएमा अझै राम्रो हुनेदेखिन्छ ।”

ठाउँले निकै राम्रो पर्यटकीय महत्व र सम्भावना बोकेको पाईएकाले उचित संरक्षण र सम्बद्र्धनमा लाग्ने त्रियुगा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । सदरमुकाम गाईघाटबाट करिब ७ किलोमिटर उत्तर–पश्चिम, राजाबास नजिकै रहेको उक्त स्थानमा बोलेरो जीप र मोटरसाईकल पुग्नसक्छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…