
पूर्णपुष्टि, चैत २
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ ।
लेस्टरले शेफिल्ड युनाइटेडलाई ५–० गोललेपछि पार्दै जित हात पारेको छ । खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । त्यस्तै, आयोजे पेरेजले एक गोल गरे ।
शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै लेस्टर सिटीलाई एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ ।
त्यस्तै गतराति नै भएका अरु खेलमा आर्सनलले टोटनह्याम र साउथह्याम्टनले ब्राइटनलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् ।
