Sunday, June 28News That Matters

म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

पूर्णपुष्टि, चैत २

म्यानमारमा सेनाको ’कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा एकैदिन ३८ जनाको मृत्यु भएको छ ।

म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सुरक्षा फौजले  प्रदर्शनकारीमाथि  गोली चलाएको र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका जनाईएको छ ।

गत फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २० जनाभन्दा धेरैको मृत्यु भएको छ ।