
पूर्णपुष्टि, चैत २
ललितपुरमा कन्टेनरले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नख्खुदोबाटोमा गतराति भएको दुर्घटनामा एक जनाको भएको छ भने एक जना घाइते भएका छन् ।
गत साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३–०२–०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
