
पूर्णपुष्टि, चैत्र १
त्रियुगा खेलकुद महोत्सव समापनको अघिल्लो दिन आज थारुहट रंगशालामा भएको दुई मैत्रिपूर्ण फुटवल खेलमा कर्मचारी र आयोजकको तर्फबाट खेलेका भुपु खेलाडीको समूह बिजयी भए । पत्रकार र कर्मचारीबीचको खेलमा २–० को अन्तरले पत्रकारलाई पछि पार्दै कर्मचारी बिजेता बनेको हो । ४५ मिनेट लामो खेलमा कर्मचारीले पहिलो हाफमा १ र दोस्रो हाफमा थप १ गोल गरेको थियो ।
पत्रकारको तर्फबाट अन्तिम सम्म प्रयास गरेपनि गोल हुन नसकेपछि सुन्यमै चित्त बुझाउनु परेको थियो । पत्रकारको तर्फबाट प्रतिस्पर्धात्मक खेल प्रस्तुत हुदा धेरै गोल खानबाट समुहलाई जोगाएको थियो । कर्मचारी तर्फबाट आक्रमक खेल प्रस्तुत भएको थियो । त्यसलाई धेरै हदसम्म रोक्न सफल भएको थियो । पत्रकार र कर्मचारीबीचको खेल प्रतिस्पर्धात्मक भएकोले रोचक बनेको थियो ।
त्यसैगरी पत्रकार र कर्मचारीबीचको खेल लगत्तै भएको बैँकर्स र भुपु खेलाडीबीचको मैत्रिपूर्ण खेलमा ५–१ को फराकिलो अन्तरले भुपु खेलाडीले जित हासिल गरेको छ ।
भुपु खेलाडीको तर्फबाट ५ गोल गरिदा जवाफमा बैँकर्स समुहले १ गोल फर्काएको थियो । उनिहरुकोबीचको खेल पनि दर्शकहरुका लागि रोचक बनेको थियो । त्रियुगा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुले दुवै खेल हेरेर मनोरञ्जन लिनुका साथै खेलमा सहभागिहरुलाई प्रोत्साहन समेत दिएका थिए ।
आजको मैत्रिपूर्ण खेलमा बिजयी हुने दुई टिम कर्मचारी र आयोजकबीच होली पर्वको अघिल्लो दिन फाइनल खेल हुने जनाइएको छ । मैत्रिपूर्ण खेलमा शसस्त्र प्रहरी उपरिक्षक सुधिर सेवदी र रणसार्दुल गणका गणपति अर्जुन बोहोराले पनि खेलमा सहभागी जनाएका थिए ।
मैत्रिपूर्ण खेलमा नेपाल पत्रकार माहासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईको कप्तानीमा पत्रकार समुह खेलमा उत्रिएको थियो भने कर्मचारी समुहको कप्तानीमा सुवेदीले नेतृत्व गरेको थियो ।


