Sunday, June 28News That Matters

वडा नं १५ भलिवलमा अब्बल, महिला पुरुष दुवै तर्फको उपाधी हात पार्यो

पूर्णपुष्टि, चैत्र १

प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको भलिवल तर्फको उपाधी पुरुष र महिला दुवै तर्फ वडा नं १५ ले जितेको छ ।

आईतबार भएको भलिवल प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ त्रियुगा नगरपालिका १० लाई सोजो ३ सेटमै हराएर उपाधी १५ नं वडाले हात पारेको हो ।

शनिवार सेमिफाइनलको खेलमा १० नं वडाले वडा नं ७ को बि टिमलाई हराएउँदै फाइनलको यात्रा प्रवेश गरेको थियो । फाइनल खेलमा १५ सँग पराजित भएपछि १० नं वडा उपबिजेतामा सिमत रह्यो । यसैगरी भलिवलको महिला तर्फबाट पनि १५ नं वडाले नै उपाधी हात पारेको छ । सेमि फाइनलको खेलमा वडा नं ३ लाई सोजो सेटमा हराउँदै १५ नं वडा फाइनलमा उक्लिएको थियो । आईतबार  बोक्सेमा भएको फाइनल खेलमा ११ नं वडालाई हराउँदै १५ नं वडाले आफ्नो जित सुरक्षित गरेको हो । फाइनल खेलमा १५ नं वडाले ४ सेट जितेको थियो भने ११ नं वडाले १ सेट मात्रै जितेको थियो । सेमि फाइनलको खेलमा ११ नं वडाले १० नं वडालाई जितेर फाइनल प्रवेश गरेको थियो तर फाइनल खेलमा भने १५ संग हार बेहोर्दै ११ नं वडा उपबिजेतामा मात्र सिमित रह्यो ।

प्रतियोगिताको पुरुष तर्फको बिजेता टिमले रु २५ हजार नगद र ट्रफि पाउनेछ भने दोस्रो हुने टिमले रु १५ हजार नगद र ट्रफि पाउने भएको छ । यता महिला तर्फको बिजेताले रु २० हजार नगद र ट्रफि पाउनेछ भने उपबिजेताले रु १२ हजार नगद सहित ट्रफि पाउने भएको अयोजकले जनाएको छ ।