Sunday, June 28News That Matters

नेपालमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत १

नेपालमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको छ ।