
पूर्णपुष्टि, जेठ ७ । लिग तालिकाको शिर्ष स्थानमा रहेको इग्लिस क्लब म्यान्चेष्टर सिटीले तिन खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको आर्सनललाई नटिङहम फरेस्टले शनिबार रातिको खेलमा हराएपछि सिटी च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा नटिङहमले आर्सनलाई १–० गोलले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा ताइवो अवोनियीले गरेको गोल नै नटिङहमको लागी निर्णयक गोल बनेको थियो ।
यस हारसँगै आर्सनलमाथि सिटीले चार अंकको आग्रता लिएको छ । आर्सनलको ३७ खेलबाट ८१ अंक छ भने शिर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ । आर्सनलले अब एक खेल मात्र खेल्न बाकीँ छ भने सिटीले बाकीँको चारै खेल हार्दा समेत आर्सनलले भेट्याउँने छैन् । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ ।
यस सिजन आर्सनलले सानदार सुरुवात गर्दै लामो समयसम्म शिर्ष स्थानमा रहेको थियो । २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको आर्सनलले पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा सफल हुन सकेन । यस्तै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ । युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ । उसले अब लिगमा बाँकी दुई खेलबाट १ अंक मात्र जोडे पनि शीर्ष चारमा स्थान पक्का हुनेछ । लिभरपुलले एस्टन भिल्लासँग ११ को बराबरी खेल्दा युनाइटेडले पर्खनुपर्ने भएको छ । लिभरपुल ३७ खेलबाट ६६ अंकसहित पाँचौ स्थानमा छ ।
