Sunday, March 16News That Matters

प्रेस सेन्टर उदयपुरद्धारा विरामीलाई फलफुल वितरण

पूर्णपुष्टि, १३ जेष्ठ ।
प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेको छ । जिल्ला अस्पताल उदयपुरमा रहेका करिब ४० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । सेन्टरका जिल्ला इन्चार्ज महेश्वर चाम्लीङ पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष सेनानी हरिकुमार राई लगायतको उपस्थितिमा फलफुल बितरण गरिएको हो । अस्पतालको समन्वयमा बिरामीहरुलाई फलफुल प्रदान गरिएको सेन्टरका जिल्ला अध्यक्ष शुपराज राईले जनाए । हरेको बर्ष सेनको स्मृतिलाई यसरीनै सामाजिक तथा नयाँ काम गर्दै मनाईने गरिएको अध्यक्ष राईले जनाए । कृष्ण सेन इच्छुकलाई पत्रकारिता गर्ने शिलशिलामा हत्या गरिएको थियो ।