
पूर्णपुष्टि, १५ माघ ।
प्रेस सेन्टर नेपाल उदयपुरले जिल्ला हस्पिटल उदयपुरका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । संस्थाको २१ औँ स्थपना दिवसको अवसरमा सेन्टरको उदयपुर शाखाले विरामीहरुलाई फलफुल वितरण गरेको हो । मंगलबार उदयपुर शाखा अध्यक्ष अभिमन्यु लामिछानेको नेतृत्वमा केन्द्रीय सदस्य यदु ढकाल, हरि कुमार राई, पूर्व प्रदेश सदस्य गजेन्द्र राई लगायत जिल्ला कार्यसमितिको उपस्थितिमा फलफुल बितरण गरेको हो । हस्पिटलमा भएका सबै बिरामीहरुलाई स्याउ, केरा, सुन्ताला, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको हो । अध्यक्ष लामिछानेले उदयपुर शाखाले स्थापना दिवसको अवसरमा सँधै यसरीनै सामाजिक काम गर्दै आएको जनाए ।