
उदयपुर, असार १७ गते ।
प्लाष्टिकका झोलाको विकल्पको रुपमा वैकाल्पिक झोला प्रयोगलाई प्रर्वद्धन तथा प्रदुषण नियन्ण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीको आयोजना र १ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा मंगलबार एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
“नेपाल स्वच्छ वातावरण महाअभियान – २०७५” भन्ने मुल नाराको साथ १ न.प्रदेशको तीन वटा जिल्लामा प्लाष्टिक झोला फोहोर मैला नियन्त्रण र प्लाष्टिक झोलाको साटो वैकल्पिक झोलाको प्रयोगलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्र सम्बन्धि कार्यक्रम संचालन गरेको आयोजक हाम्रो सहयात्रा मञ्च ईनरुवा सुनसरीका अध्यक्ष विनिता दाहालले बताईन् ।
प्लाष्टिक जन्य वस्तुले खोला, नाला, सडक, वन, जंगल, सार्वाजनिक स्थलहरु प्रदुषीत बनाएकाले यसले प्राकृतिक प्रकोप समेत निम्त्याउने भएकाले यसको न्युनिकरण कसरि गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण तथा छलफल भएको अध्यक्ष दाहालले बताइन् ।
कार्यक्रममा घर र बजारबाट निस्कने कुहिने फोहोर र नकुहिने फोहोर कसरि प्रयोग गर्न सकिन्छ । फोहोर व्यावस्थापन गरी स्वच्छ वातावरण बनाई कसरी आयआर्जन गर्न सकिने र यस्ता फोहोर मैलाले जलवायु निम्त्याएका लगायतका विषयहरुको प्रशिक्षण रिदम सापकोटाले गरेका थिए ।
घरबाट निस्केका कुहिने फोहोरलाई आफैले खाल्डा खनेर मल बनाउन सकिन्छ भने नकुहीने प्लाष्टिक जन्य फोहोरलाई व्यावस्थापन गरि वातावरण स्वच्छ राख्न सकिने प्रशिक्षक सापकोटाले बताए । प्लाष्टिक जन्य वस्तुलाई कम प्रयोग अर्गानिक स्थानिय उत्पादनलाई प्रयोग गरि वातावरण स्वच्छ राख्न सकिने उनले बताए ।
पछिल्लो समयमा विकासे कलकारखानाबाट उत्पादन भएका प्याकेटका खाद्या वस्तुले गर्दा अहिले नदि, नाला, वन जंगल, सार्वजनिक स्थलहरुमा प्लाष्टिकको फोहोरहरुले प्रदुषित भएको देखिन्छ । यसले प्राकृतिक र जिव जन्तु अनि मानिसलाई सिधा रुपमा असर गर्ने भएकाले यस्ता कुरालाई न्युनिकरण गर्नका लागि वैकाल्पिक कुराको प्रयोग गर्नु पर्ने प्रशिक्षक सापकोटाले बताए ।
उद्योग कलकारखाना खोलेर संकलन गरिएका प्लाष्टिकको फोहोरलाई पुन प्रयोग गर्ने र नयाँ सामान उत्पादनमा प्रयोग गर्दा आयआर्जन गर्न सकिने प्रशिक्षक सापकोटाले बताए । सड्ने फोहोर मैलालाई मल बनाएर पैसा आर्जन गर्न सकिने उनले बताए ।
अहिलेका खाद्य वस्तु प्लाष्टिकको झोलामा प्याक भएर आउने भएकाले झट्ट नियन्त्रण गर्न नसकिने भएकाले वैकल्पिक वस्तुको प्रयोग गर्दै न्यूनिकरण गर्न सकिन्छ । त्यसमा पनि फोहोर नियन्त्रण गर्न सकेर वातावारण स्वच्छ राख्न सके भैपारी आउने कुराबाट बच्न सकिने जिल्ला समन्वयन समितिका उपाप्रमुख गंगा राईले बताईन् ।
त्रियुगा नगरपालिका प्यालष्टिक मुक्त घोषणा भएपछिको उपलब्धि भनेको कालो प्लाष्टिक नियन्त्रण हुनु हो । सेतो प्लाष्टिक उपाभोक्ताहरुले प्रयोग गरिरहेका छन् । तर कालो जतिको घातक नहुन् रे सेतो प्लाष्टिक उपप्रमुख राईले बताईन् ।
कार्यक्रममा सहभागहरुले प्लाष्टिक नियन्त्रण भन्दा पनि प्लाष्टिकको साटो वैकल्पिक वस्तुको प्रयोग गरि न्युनिकराण गर्न सकिने र प्लाष्टिक मुक्त घोषणाको उपलब्धि भनेको चै कोलो प्लाष्टिक नियन्त्रण नै रहेको बताएका थिए । फोहोर व्यावस्थानका लागि त व्यक्तिगत चेतना जाग्नु पर्ने र सचेत नागरिक बन्नु पर्ने जरुरी रहेको कुरामा जोड दिएका थिए ।
जिल्लाकै पहिलो गिरी बन्धु प्लाष्टिक उद्योगको बारेमा पनि सहभागीहरुले जानकारी गराएका थिए । उक्त उद्योगले त्रियुगा नगरपालिका सहित छिमेकी पालिकाहरुको समेत प्लाष्टिक जन्य फोहोर संकलन गरि नयाँ वस्तु उत्पादन गर्दै आएको सहभागीहरुले जनकारी गरएको थिए ।