
पूर्णपुष्टि, असार १८
जिल्ला अदालत उदयपुरले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै १ महिना कैद र ३ हजार जरिवाना तोकि फैसला गरेपछि फरार रहेको २ जना अभियुक्त पक्राउ परेका छन् ।
फरार रहेको अभियुक्तहरु चौदण्डिगढी नगरपालिका–७ का २५ वर्षीय अनुप खड्का र ६ न. वडाका २२ वर्षीय नाम्सु आले बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा उनीहरुलाई अदालतले २०७० भदौ १८ गते दोषी ठहर गर्दै उक्त सजाय फैसला गरेको थियो । फरार रहेका अभियुक्तहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले उनीहरुको घरबाट पक्राउ गरी फैसला कार्यन्वयनका लागी अदालत पठाएको प्रहरीले जनाएको छ ।
