Sunday, June 28News That Matters

फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार पक्राउ

पूर्णपुष्टि,चैत ५

फर्जी कागजात बनाएर ठेक्का हात पारेको आरोपमा एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ललितपुरको पुल्चोकबाट ठेकेदार रवीन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पक्राउ गरेको हो । महर्जनलाई ब्युरोको हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रपछि सीआईबीले महर्जनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । देशका विभिन्न ठाउँ भएका विभिन्न बोलपत्रमा योग्यता नपुग्दा नपुग्दा फर्जी कागजात पेस गरी उनले ठेक्का हात पारेको आरोप छ ।

पक्राउ परेका महर्जन माथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।