Tuesday, June 2News That Matters

फर्ममा चट्यांग लाग्दा लाखौँको क्षति

वैशाख ४ 

सर्लाहीको एक कुखुरा फर्ममा चट्यांग लाग्दा लाखौँको क्षती भएको छ । हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति करिब साढे ८ बजे ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा उदयराय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी हुदा लाखौँको क्षती भएको हो ।

आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।