फागुन १ देखी संञ्चालन हुने दोस्रो प्रदेश महोत्सवको तयारी पुरा

पूर्णपुष्टि, २९ फागुन ।
गाईघाटमा फागुन १ देखी संञ्चालनमा आउने दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगाको तयारी पुरा भएको छ । महोत्सवका आवश्यकता अनुसार सबै निर्माण कार्य सम्पन्न र आवश्यक सामाग्रीहरु तयारी भएसँगै महोत्सव संञ्चालनले भोली देखी औपचारिकता पाउने आयोजक समितिले जनाएको छ ।

महोत्सव संञ्चालन समितिका संयोजक समेत रहेका रमेश रसाईलीले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सव संञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको जनाए । महोत्सवमा प्रदेशभरीका उत्पादनहरु प्रदर्शनमा राखिने भएको छ । संयोजक रसाईलीका अनुसार महोत्सवमा पर्यटन, ब्यपार, उत्पादन, कृषि जस्ता महत्वपूर्ण क्षत्रहरुलाई प्राथामिकतामा राखिएको छ । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएको छ । कार्की सँगै प्रदेशका अन्य दुई मन्त्रीहरु नारायण बुर्जा मगर र राम कुमार खत्री पनि महोत्सवमा आउने भएको छ । उनहिरु दुवै भर्खरै नवनियुक्ती मन्त्रीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0