
पुर्णपुष्टि, भदौ ११
पाँचथरमा तीन प्रहरीसहित चार जनामा कोरोना सक्रमण पुष्टि भएपछि एक हप्ताका लागि फिदिम बजार बन्द गर्ने निर्णय भएको छ । फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण बढ्दै गएकाले अति आवश्यक नपरी हिँड्डुल नगर्न तथा बजार पसल नखोल्न नगरपालिकाले अपिल गरेको छ । त्यस्तै जिल्लामा शुक्रबारदेखि एक हप्ताको लागि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।
आगामी भदौ १८ गतेसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
