Thursday, June 4News That Matters

फिलिपिन्समा उष्णकटिबंधीय आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

काठमाण्डौँ, बैशाख ८

फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ।
प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् ।
अप्रिल ९१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ। (रासस)