Tuesday, April 21News That Matters

फिल्डमा खट्ने उदयपुरका २७ पत्रकारहरुकाे स्वाव नमुना संकलन

उदयपुर/बैशाख, ३१

लकडाउनदेखि यता फिल्डमा खटेर सूचना समाचार संप्रेक्षण गरिरहेका उदयपुरका २७ पत्रकारहरुको बुधबार स्वाव नमुना संकलन गरिएकाे छ । फिल्डमा खट्ने २७ जना पत्रकारहरुको जनस्वास्थ्य कार्यलय उदयपुरले स्वाव नमुना संकलन गरेकाे हाे ।

पहिले देखिनै जनस्वास्थ्य कार्यलयलाई पत्रकारहरुले स्वाव परिक्षणको माग गर्दै आइरहेको थियो । प्रत्यक्ष रुपमा बाहिर फिल्डमा खटिरहने पत्रकारहरुले सुरुबाटै स्वाव परिक्षणको माग राखेको हुदा सोहि अनुरुप स्वाव परिक्षण गरेको जस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयाे ।

सुवेदीले पत्रकार सहित अन्य व्यक्तिहरुको पनि स्वाव परिक्षण गरिएको बताएको छ । २७ जना पत्रकार बाहेक अन्य मुस्लिम समुदायका ७ जना, राष्ट्रिय अनुसन्धानको ३ जना, सशस्त्र प्रहरीको ५ जना, नेपाल प्रहरीको १६ जना, जनस्वास्थ्यको १ जना र निर्वाचन आयोगको १ जना गरी जम्मा ६० जनाको स्वाव नमुना लिईएकाे प्रमुख सुवेदीले बताउनुभयो ।

जम्मा ६० मध्ये ८ जना महिला रहेका छन् भने ५२ जना पुरुष रहेका छन् । पत्रकारको ३ जना महिला, नेपाल प्रहरीको ४ जना, निर्वाचन आयोगको १ जना गरी ८ जना महिला र ५२ जना पुरुषको आज स्वाव परिक्षण भएको सुवेदीले बताउनुभयो ।