पूर्णपुष्टि/उदयपुर, पुस २४ गते ।
जिल्ला फुटबल संघ उदयपुरको नेतृत्वका लागि सोमबार भएको निर्बाचनमा रञ्जन कार्की विजयी भएका छन् । १३ मतदाता मध्ये ८ मत प्राप्त गरी कार्की विजयी भएका हुन् । प्रतिष्पर्धी रमाकान्त चौधरीले ४ मत प्राप्त गरेका थिए भने १ जनाको नोभोट भएको थियो ।
अध्यक्षबाहेकका पदहरु भ्ने निर्बिरोध भएको थियो । तीनजना उपाध्यक्षहरुमा ध्रुवकुमार बस्नेत, नविनकुमार राई, सारा राई रहेका छन् । सदस्यहरुमा आनन्ददेव चौधरी, ज्ञानेन्द्र वान्तवा, किरण राई, रोशन रााई, राजकुमार थापा (क्षेत्री), कैलास राई, अम्बिकाप्रसाद धमला, उदय राई, दिलिप चौधरी रहेका छन् । पछि अन्य १ जनालाई मनोनित गरिनेछ ।
त्यसैगरी आगामी चैत्र १४ गते हुन गईरहेको अखिल नेपाल फुटबल संघको केन्द्रिय अधिवेशनका लागि मतदान अधिकारसहितको प्रतिनिधिमा किरण राईलाई सर्बसहमत चयन गरिएको छ ।
निर्बाचन अधिकृत गोपाल श्रेष्ठले विजयी उम्मेदवार र निर्बिरोध पदाधिकारीहरुको नाम सुनाई घोषणा गर्नुभएको थियो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सहायक महासचिव किरण राईको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य देबेन्द्रमान सिंहको विशेष आतिथ्यमा भएको अधिवेशनमा जिल्लाभरीका विभिन्न फुटबल क्लवका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले राजधानीका फुटबल क्लवहरुले मात्र अवसर तथा सुविधा पाईरहेको र मोफसलका फुटबल क्लवहरु अपहेलित बन्नु परेको बताउनुभयो । यो अवस्थालाई अवका दिनमा समान हैसियतमा पुर्याउनेमा जोड दिइने बताउनुभयो । विशेष अतिथि सिंहले फुटबल क्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनुपर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प विक, त्रियुगा नगर कार्यपालिका सदस्य ज्ञानेन्द्र वान्तवाले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।
पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, निर्बाचन मण्डलका सदस्यहरु पत्रकार गजेन्द्र राई, वकिल लक्ष्मीकुमारी चौधरी, सप्तरी फुटबल संघका अध्यक्ष प्रकाश मल्ल, फुटबल प्रशिक्षक विरेन्द्रमान बस्नेत, जिल्ला खेलकुद विकास समिति उदयपुरका कोषाध्यक्ष प्रदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
भिडियो