Monday, May 11News That Matters

फेरी २४ जना थपियाे, नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुग्याे

पूर्णपुष्टि, वैशाख ३१ ।

बेलुका नेपालमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै देशमा संक्रमितकाे संख्या  २ सय ४३ पुगेकाे छ ।

रुपन्देहिमा १२, कपिलबस्तुमा ८, पर्सामा ३ र नवलपरासिमा १ जनामा काेराेनम पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

दिउसाे २ जनामा संक्रमण पुष्टि भएकाे थियाे । कपिलबस्तुु र नेपालगञ्जकाे एक/एक जनामा दिउसाे देखिएकाे हाे । साे सहित अाज २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।