Saturday, April 18News That Matters

फोनिजको प्रदेश अधिवेशन उदयपुरमा हुने

उदयपुर, साउन २९ गते ।

उदयपुरमा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को एतिहासिक प्रथम प्रदेश अधिवेश हुने भएको छ । त्रियुगा नगरपालिका – ९ राजाबासको दनुवार होमस्टेमा फोनिज प्रदेश नम्बर १ को प्रथम अधिवेशन विहिबारदेखि सुरु हुने भएको हो ।

कार्यक्रममो प्रमुख अतिथि प्रदेश नम्बर १ को मुख्यमन्त्रि शेरधन राई रहेको फोनिजले जनाएको छ भने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रि राईले गर्ने जनाईएको छ ।