फोनिजको प्रादेशिक अधिवेशन आज

पूर्णपुष्टि, पुष २७
आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन आज मोरङको पथरीमा हुनेछ । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराकासाथ अधिवेशन हुने भएको हो ।
अधिवेशनको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले गर्ने तय भएको अधिवेशन मूल आयोजक समितिले जनाएको छ ।

अधिवेशनमा १४ वटै जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहने आयोजकले जनाएको छ ।
फोनिजले आदिवासी कलम सम्मान पत्रकारिता पुरस्कार कोष २०७८ को लागि अक्षयकोषको समेत स्थापना गरिएको छ ।
सो अक्षयकोषको लागि अहिले आर्थिक सहयोगहरुसमेत संकलन भइरहेको कोषाध्यक्ष सुसन राईले जानकारी दिएको छ ।
साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा १० लाख पुरस्कार कोषको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: