फोनिज उदयपुरको चौथो अधिवेशनबाट ईश्वर मगरको नेतृत्वमा १३ सदस्यीय गठन

पूर्णपुष्टि, मंसिर २४
फोनिज उदयपुरको चौथो अधिवेशन शुक्रबार गाईघाटमा सम्पन्न भएको छ । गाईघाट स्थित होटल ड्रिमल्याण्डको सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले ईश्वर बलम्पाकी मगरको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

अधिवेशनले मगरको अध्यक्षतामा उपाध्यक्ष डिएन चौधरी, सविच बुद्धि चाम्लीङ, सहसचिव सम्झना तामाङ, कोषाध्यक्ष बिक्रम राई र सदस्यहरुमा पुजा राजधामी, सुवास राई डोने, सिंह वहादु राई, हिरा राई, सुजना राई, बेद कुमारी राई र भावना राई गरी सर्वसहमत १३ सदस्यी चयन गरेको हो ।

फोनिज उदयपुरका पूर्व अध्यक्ष सुपराज राईले अघिल्लो कार्यकालको संगठन बिघटन गरेको घोषणा गरे सँगै नयाँ नेतृत्वलाई सहमतीको प्रयास बाट विस्तार गरी समिति चयन गरिएको थियो ।
संगठन नेतृत्वमा चयन भएका मगरले फोनिजलाई थप सशक्त बनाउने प्रतिवद्धता गरेको छ ।

संगठनमा क्रियाशिल रहन नियमित बैठक, कार्यक्रम तथा थुप्रै सम्बन्धि संस्थाहरु सँग समन्वय अगाडी बढाने समेत बताए । मगरले यस संगठनले आदिवासी जनजातिहरुको हितमा कलम चलाउने र उनिहरुको मुद्धालाई सँधै जागरुपका साथ प्रचार प्रसार गर्दै कार्यकाललाई क्रियाशिल बनाउने समेत बताए ।

कार्यक्रममा फोनिजको केन्द्रीय सदस्य विश्वराज तामाङको प्रमुख अतिथिमा बिषेश अतिथि आदिवासी जनजाति माहासंघ उदयपुरका अध्यक्ष गौरी संकर उदास, प्रेस सेन्टरका केन्द्रीय सदस्य यमन राई डोन र नेपाल पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: