Tuesday, January 14News That Matters

फोहोर ब्यवस्थापनका लागि त्रियुगा नगरले २ करोड बरावरको सवारी साधन खरिद

पुर्णपुष्टि, साउन ४ । जिल्लाको त्रियुगा नगरपालिकाले नगर क्षेत्रका फोहोर ब्यवस्थापन गर्नको लागि २ करोड बरवरको सवारी साधन खरिद गरेको छ । गएको आर्थिक बर्षमा भिज भएको बजेटलाई सदुपयोग गर्दै नगरले आर्थिक बर्ष २०७९र८० मा सवारी साधन खरिद गरेको हो ।

थपिएका सवारी साधानलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए । “पहिले र अहिले भएका नगरका साधन प्रयोग गरि अब हामी नगरमा नयाँ सडक ट्र्याक खोल्न र सडक ग्राभेल गर्न आफै सक्ने भएका छौ।” नगर प्रमुख बस्नेतले भने, ” बढ्दो शहरीकरणले फोहोर व्यवस्थापनका लागि पनि साधनको अभाव थियो अव समयमा फोहोर उठ्ने छ र साना गल्लीमा ट्याक्टर नछिर्ने सडकमा समेत अटोले फोहोर उठाउने छ ।”
हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की रहेका छ । नगरले हाल एक ब्याक्हो लोडर, एक टिफर, एक पानी ट्यान्कर, दुई वटा ट्याक्टर र दुई वटा साना अटो खरिद गरेको छ ।