
रुदी होलीन आमा घरमा बोल्न नपाएर ।
छोरा सँग मनका कुरा खोल्न नपाएर ।
कहिले डिउटी चोक बजार कहिले डिउटी टाउन ।
कहिले हुन्छ बन्द हड्ताल कहिले लक डाउन ।
नत यहाँ म कतै जान्छु नत आफन्त भेट्छु ।
आमा तिम्रो तस्विर हेर्दै भेट्ने रहर मेट्छु ।
ओईलाएर आफु अब देशको लागि फुल्दैछु ।
जनताको सेवा गर्दै चाड पर्वलाई भुल्दैछु ।
मन रुन्छ पिटि परेड दुख्छ किन जिउ ।
बाहाना बनाई घर आउँद भने छैन कुनै निउ ।
माहामारीमा देश डुब्यो कसरी म हाँसु ।
घरको माया सम्झी ल्याँउदा झर्छ मेरो आशु ।
लेखक
उत्तम ढकाल
प्रहरी जवान, ताप्लेजुङ खेवाङ