
ईलाम, साउन २८ गते ।
ईलामको एक चिया फ्याक्ट्रिमा आगलागी हुदा करिब ५ लाखको क्षती भएको छ । सुर्योदय नगरपालिका – १० आरुबोटेको कृष्ण गोपाल चिया फ्याक्ट्रिमा आगलागी भएको हो ।
विहान करिब ६ बजे विद्युत सर्ट भई फ्याक्ट्रिमा आगो लागेको प्रहरीले जनाएको छ । फ्याक्ट्रिको २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा पौने ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
