Sunday, March 16News That Matters

फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको फाईनलमा

पूर्णपुष्टि, जेठ १३ । फ्युजन फुटबल क्लब बोक्से उदयपुर ए डिभिजन लिगको फाईनलमा पुगेको छ । आईतबार दिउँसो भएको पहिलो सेमिफाईनलमा फ्युजन फुटबल क्लब बोक्सेले एकता युवा क्लब बेल्टारलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको २ मिनेटको अतिरिक्त थप समयमा जर्सि नं ९ का रोहन राईले हेडिङ मार्फत गरेको गोल नै फ्युजन फुटबल क्लब बोक्सेको जितको लागी निर्णायक गोल बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच फ्युजनका रोहन राई भए ।

अब फ्युजनले भोली हुने फुटबल क्लब गाईघाट र नव प्रभात नेपाल पोर्ताहाबिचको विजेतासँग बुधबार उपाधिका लागी प्रतिष्पर्धा गर्नेछ । लिग विजेताले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।