Tuesday, June 2News That Matters

बँदेलको आक्रमणबाट एक किशोरको ज्यान गयो

पूर्णपुष्टि, माघ २६
बँदेलको आक्रमणबाट एक जना किशोरको बाजुरामा ज्यान गएको छ । जिल्लाको बूढीनन्दा नगपालिका–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टलाई जङ्गली बँदेलले आक्रमण गर्दा उनको ज्यान गएको हो ।
छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका बाजुराले जनाएको छ ।