Monday, February 17News That Matters

बगाहामा मगर समुदायले मनायो माघे सक्राती तथा हुर्रा महोत्सब

पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा न ४ बगाहास्थित फर्सेटमा मगर समुदायले माघे सक्राती तथा हुर्रा महोत्सब २०८१ मनाएको छ । शनिबार ‘मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक मनाऔँ’ भन्ने मुल नराका साथ नेपाल मगर सङ्घ जिल्ला समन्बय समिती उदयपुरको आयोजना तथा नेपाल मगर सङ्घ त्रियुगा नगर समितीको सहआयोजनामा धुमधामका साथ हुर्रा महोत्सव मनाईएको हो ।

प्रमुख अतिथी कोशी प्रदेशका पूर्व मन्त्रि तथा सांसद नारायण बुर्जा मगरले महोत्सवको अवसरमा नव निर्मित मगर सङ्गाहलयको उद्घाटन गरे । महोत्सबमा लोक तथा दोहोरी गायक श्याम राना मगर, चर्चित हुर्रा गायक शिव थापा मगर र पुजा केप्छाकी मगरले आफ्नो प्रस्तुती मार्फत दर्शक झुमाएका थिए ।

महोत्सबमा सिन्धुली कला घरका प्रतिनिधिहरुले पञ्चे बाजा सहितको विभिन्न प्रस्तुती देखाएका थिए भने स्थानिय कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले मगर जातीको विशेष सास्कृतिक पहिचानको हुर्रा नृत्यमा झुमेका थिए ।

महोत्सवमा रौतामाइ गाउपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगर, त्रियुगा नगरपलिकाका उपमेयर महेश्वरि राई, ताप्ली गाउँपालिका उपाध्यक्ष धनमाया मगर, नेपाल मगरसँघ केन्द्रिय समितिका उपाध्यक्ष शीता राना मगर लगाएतको उपस्थिति रहेको थियो ।