Saturday, May 17News That Matters

बगाहा राष्ट्रिय माविको प्रअ र संचालक समितिको कार्यकक्षमा ताला

पूर्णपुष्टि, २४ भदौ ।
शिक्षक नियुक्तीमा अबैधानिक भएको भन्दै राष्ट्रिय मावि बगाहाको कार्यकक्षमा ताला लगाएको छ । सयुक्त संघर्ष समितिले प्रधानाध्यापक र संञ्चालक समितिको कार्यकक्षमा ताला लगाएको हो । अबैधानिक शिक्षक छनोट परीक्षा रद्द गरी पुनः विज्ञापन र संचालक समितिको अध्यक्षले यथाशीघ्र आमभेला बोलाउनुपर्ने माग राख्दै सयुक्त संघर्ष समिती बगाहाले ताला लगाएको हो ।

शिक्षक नियुक्ती बिरोधमा त्रिनपा (४ वडा अन्तर्गत नेपाली काङ्ग्रेस, राप्रपा , नेकपा माओवादी,नेकपा एस लगायत राजनीतिक दलको सयुक्त मोर्चाले बिरोध गरिरहेको छ । नेकपा माओवादी केन्द्र नगर सचिवालय सदस्य योगेन्द्र अधिकारीका अनुसार बिद्यालय मात्र नभएर शैक्षिक क्षेत्रमा हुने गरेको बिकृती बिसङ्गती, बेतिथी अनियमितता, व्यापारीकरण, मिलेमतो जस्ता कार्यहरु अन्त्य हुनुपर्नेमा उनको समितिको जोड रहेको छ ।