बगाहा स्थित खिलराज राईको घरमा चार दिनदेखी सर्प आतंक : नियन्त्रण गरिदिन माग

पूर्णपुष्टि, ४ साउन ।
त्रियुगा नगरपालिका ४ बगाहा बुद्ध चोकका खिलराज राईलाई चार दिन देखी गोमन सर्पको बच्चाले सताएको छ । घरको कोठाबाट दैनिकी ५ देखी ७ ओटा सम्म गोमन सर्पको बच्चा निस्किएपछि राईको परिवार त्रसित भएर बस्नु पर्ने अवस्था आएको छ । २८ गते मरेको सर्पको बच्चा फेला परेको राईको कोठाबाट त्यसको भोली पल्टबाट दैनिक रुपमा निस्कन सुरु गरेको हो ।

सर्पका कारण रातमा सुखको निन्द्रा र घर भित्रको काम गर्न बाधा पुगेको राईको परिवारले जनाएको छ । दैनिक रुपमा सर्प निस्किएको भन्दै राईको परिवारले सम्बन्धित निकायहरुले यसलाई नियन्त्रण गर्न सहयोग गर्नु पर्ने माग गरेको छ । घरको कोठाको खाँवुको पुवाँलबाट सर्पको बच्चा दैनिक रुपमा निस्कने गरेको राईले जनाए । त्यसरी घरको कोठामा सर्पको बच्चाहरु दैनिक फेला परेपछि वस्नलाई समस्या भएको जनाए । घरको भित्र बाहिर सर्पको बच्चाले सताएपछि यसको नियन्त्रण के हुन सक्ला भनेर राई चिन्तित बनेको छ । उनले सम्बन्धित निकायहरु सँग उचित सल्लाह सुझाव र यसलाई नियन्त्रणको लागि सहयोगको माग गरेको छ । स्थानीयहरुका अनुसार सर्पले त्यस ठाउँमा अण्डा पारेको र यतिवेला बच्चाहरु निस्केको हुन सक्ने जनाए । सानोमा बाहिर ननिस्केको र हिड्न सक्ने अवस्था आएपछि बाहिर निस्कन थालेको जनाए । सर्प घरको चारै तिर फैलिएको छ । घरको छाना र काठहरु तिर पनि फैलिएको राईले जनाए । घामको बेला दिउँसो जस्ता तातेपछि सर्प भुईमा झर्ने गरेको छ ।

सर्पको बच्चा निकै ठुलो भैसकेको र मान्छेलाई टोकेमा ज्यान जान सक्ने स्थानीयहरुको भनाई छ । यसले घरमा भएको मानिसहरुलाई त्रसित गरेको र घरमा वस्न असहज गरेको स्थानीयहरुको भनाई छ । राईले आफुलाई सर्पले सताईरहेको कारण रामा निन्द्राको असर र दिनमा कामको असर परेको जनाए । राईको परिवारले उचित सुरक्षा नभए आफुलाई यसले निकै ठुलो पिडा दिन सक्ने जनाए । अघिल्लो दिनमा फेला परेको सर्पलाई नियन्त्रण गरेको भएपनि दैनिकी रुपमा निस्कन थालेपछि राई परिवार चिन्तित छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
2
+1
6
+1
6