Thursday, June 18News That Matters

बझाङ दौलीचौरमा ४.५ रेक्टरको भूकप्प

पूर्णपुष्टि,जेष्ठ १० । राष्ट्रिय भूकप्म मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदुरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकप्म गएको जनाएको छ । आज बिहान करिव ४ बजेर ६ मिनेटको समयमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रहरुलाई केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढ्दो देखिन्छ । यस अभि पूर्वारुकुमको हुकाम क्षेत्रलाई केन्द्रविन्दु बनाएर जेठ ७ गते बिहान ४.१ रेक्टरको भूकम्प भएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।