
पूर्णपुष्टि, १० जेष्ठ ।
पहिचानवादी नेता आङ्काजी शेर्पाले पूर्वमा पहिचानको आन्दोलन थप चर्किने संज्ञा दिएको छ । कोशी प्रदेश नामाकरण विरोध आन्दोलनलाई पूर्ण समर्थन गरिरहेका शेर्पाले यसलाई तत्काल सच्याएर पहिचानको आधारमै नामाकरण गर्नु पर्ने माग समेत गरे ।
मानव जातिको अस्थित्व नै समेट्ने हिसवाले पहिचान विपरिद लागिरहेको राज्यलाई घोँडा टेकाउने भन्दै पूर्वी क्षेत्रमा आन्दोलनको टेलर मात्रै सुरु भएको उनले जनाए । शेर्पाले मुख्यमन्त्री हिक्मत कार्कीको चर्को विरोध पनि गरेको छ । गाईघाट स्थित साकेला उभौलीको अवसरमा बृहत सांस्कृतिक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले भने, “ यो त पहिचान आन्दोलनको टेलर मात्रै हो, ‘फिल्म’ आउनै बाँकी छ, ‘फिल्म’ आएको दिन हिकमत कार्कीलाई कोशी किनारमा पुराएर छाड्ने छ । शेर्पाले कार्कीलाई हिकमत कार्की नभई जनताहरुले कातर कार्कीको रुपमा आम जनताले चिनेको जनाए । हिक्मत भनेको हिम्मत भएको मान्छे हो त्यस्तो ब्यक्तिले कदापी जनताको विपरिदमा काम गर्न सक्दैन त्यसैले हिक्मत हैन उनि कातर कार्की हुन्”, “शेर्पाको भनाई भने ।
शेर्पाले विश्मा पहिचानको आन्दोलन कहिले पनि असफल भएको रेकर्ड नरहेको जनाए । त्यसका लागि पहिचानवादी समुदायहरु हरेक संघर्ष गर्न तयार रहेको पनि उनले बताए ।
