
पूर्णपुष्टि, जेठ १० । उदयपुरको कटारी नगरपालिकाको एक महिला भारत जान्छु भनेर हिडेको डेढ महिनाबाट बेपत्ता भएकी छन् । कटारी वडा नं ४ मरुवा चुलाढुंगा बस्ने ४० बर्षीया रिता राई करिब डेढ महिानबाट बेपत्ता भएको श्रीमान केश बहादुर राईले बताए ।
उनका अनुसार सामान्य डिप्रेसन रहेकी रिता गएको चैत्र २४ गते घरबाट भारत जान्छु भनी हिंडेका थिए । बेपत्ता रिताको आफन्त तिर सोधखोज गरेको र सम्बन्धित निकायमा समेत पहल गर्दा हालसम्म फेला नपरेको श्रीमान राईले बताए । ५ फिट उचाई , गहुँगोरो वर्णको , निधारमा खत भएकी राईको ३ छोरा , एक वुहारी र एक नाती रहेका छन् । बेपत्ता रितालाई देख्ने तथा भेट्ने ब्यक्तिहरुले ९८६१७२२०६७ नम्बरमा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराईदिन हुन श्रीमान राईले आग्रह गरेका छन् ।
