
पूर्णपुष्टि, असार ९
डोटीको एक गाउँपालिकाले कोरोना संक्रमितलाई आर्थीक सहयोग गर्ने भएको छ । बडीकेदार गाउँपालिकाले आफ्नो पालिकाका नागरिक कोरोना संमित भए जनही १ हजार ५ सय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो ।
भारतबाट रोजगारी गुमाएर घर फर्किएका नागरिकमा कोरोना संक्रमण भए समस्या हुने देखिएकाले जिल्लामै पहिलो पटक राहत स्वरुप रकम दिने निर्णय गरेको पालिकाले जनाएको छ । जसले गर्दा संक्रमितलाई केही सहयोग पुग्ने विश्वास लिएको छ ।
अहिलेसम्म बडीकेदार गाउँपालिकामा ७ सय ६१ जना भारत लगायतका विदेशबाट रोजगारी गरी घर आएका छन् । जसमध्ये अहिलेसम्म ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
