
जिल्ला अदालत उदयपुरले भर्खरै सार्बजनिक गरेको तथ्यांकले श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था बढ्दो रहेको आकडा देखाएको छ । तीन आर्थिक वर्षको अवस्थालाई हेर्दा क्रमिकरुपले सम्बन्ध विच्छेदको घटना बढ्दो रहेको छ । आथिंक वर्ष ०७३/०७४ मा १३६ वडा सम्बन्ध विच्छेद रहेकोमा ०७४/०७५ मा १५८ वटा हुदै ०७५/०७६ मा २४३ पुगेको छ । सम्बन्ध विच्छेदको यो आकडाले सोच्न बाध्य बनाएको छ । सोचौं कि, समाजमा यसरी सम्बन्ध विच्छेद हुदै जाने हो भने अवस्था कस्तो होला रु पारिवारिक अवस्था र आश्रित वालवालिकाको अवस्था के होला रु
सम्बन्ध विच्छेद बढिरहेको छ किन रु भन्ने अर्को प्रश्न टड्कारो छ । सम्बन्ध विच्छेदको कारणहरु पनि पत्ता लगाउन जरुरी छ । सामाजिक रुपमा चलेको प्रशंगका आधारमा हेर्ने हो भने धेरै जसो बैदेशिक रोगजारका कारण सम्बन्ध विच्छेद बढिरहेको छ । श्रीमान् वा श्रीमती रोजगारीका लागि विदेश गईसकेपछि श्रीमान् र श्रीमतीबीच पारपाचुके बढ्ने र सम्बन्ध विच्छेदसम्मको अवस्था पुग्ने पाईन्छ । बढिजसो बैदेशिक रोजगारको अवस्था हेर्दा पुरुषहरु नै विदेश गएको पाईन्छ । विदेश गएको श्रीमान्ले पर्याप्त घरखर्च पठाउन नसक्ने, श्रीमतीले कोही कसैसंग व्यवहारिक कुराकानी गरेपनि अनावश्यक शंका गर्ने वा श्रीमतीले श्रीमान्लाई शंका गरेर किचकिच गर्ने जस्ता कारणले पारचाचुके बढ्ने गरेको पााईन्छ । विदेशबाट श्रीमान्ले पर्याप्त पैसा पठाउन नसक्नुमा धेरै कारणहरु हुन्छन् । कम्पनी राम्रो नहुने, एजेन्ट र मेनपावरले ठग्ने, तलब कम हुने जस्ता कारणले पर्याप्त खर्च पठाउन नसकिरहेको हुन्छ । यो अवस्थालाई घर बस्नेले नबुझि दिँदा पनि पारपाचुके बढ्ने गरेको पाईन्छ । कतिपय अवस्थामा साहुको ऋणसमेत तिर्न नसकेको समस्याहरुले साहुको किचकिच, श्रीमान–श्रीमतीको झै–झगडाले पनि पारिवारिक विखण्डनको अवस्था देखिएको छ । कतिपय भने विदेशमा हुनेले पर्याप्त खर्च पठाई दिएपनि त्यसको सदुपयोग भन्दा बढि नै अनावश्यक खर्च गर्ने, खानपिन, घुमफिर, रमाईलो जस्ता कुरामा खर्च गरेर समस्या आएको पनि पाईन्छ । विदेशमा रगत पसिना बेचेर, ठूलो मेहनतले कमाएको पैसा घरमा भने हल्कारुपले खर्च गरिदिएपछि फर्कि आउँदा रित्तो हुनुपरेपछि श्रीमान् श्रीमतीबीच झगडा, पारपाचुके हुने र सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको पाईन्छ ।
यसबाहेक श्रीमान् तथा सासु ससुराको घरेलु हिंंसाका कारण श्रीमतीले सम्बन्ध विच्छेद गर्नै पर्ने अवस्था छ । जाँडरक्सी सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने, लाउन खान नदिने, वहुविवाह गर्ने जस्ता कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको छ । कतिपय अवस्थामा श्रीमतीले सहि ढंगले पारिवारिक जिम्मेवारी वहन नगरिदिनाले श्रीमान्ले सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यताहरु पनि देखिएका छन् । मुख्य कुरा श्रीमान् श्रीमतीबीच एक आपसमा समझदारीको खडेरीले तिक्तता बढ्ने, पारपाचुके बढ्ने र अन्तमा सम्बन्ध विच्छेदसम्म गर्ने अवस्था छ । पछिल्लो समय कानूनमै श्रीमान्ले पनि सम्बन्ध विच्छेद दिन पाउने प्रावधान आएपछि सम्बन्ध विच्छेदको संख्या बढेको देखिन्छ ।
यसले पक्कै पनि सामाजिक, पारिवारिक वातावरणमा असर पुर्याउछ । बुवा र आमा छुट्टीएपछि वालवालिकालाई मानसिकरुपमा असर पर्ने, हेरचाह, पठनपाठनमा कमी हुने असर हुन्छ । तसर्थ, सबैभन्दा पहिलो श्रीमान् श्रीमतीबीचको समझदारी बलियो र विश्वासिलो बनाउने, गलत कार्य त्यग्ने, सचेत र शिक्षित नागरिक बन्न र बनाउने काममा जोड दिने तर्फ लाग्नु पर्दछ । यसका लागि अहिल्यैदेखि सबैले सोचौंं ।
भदौ १७ गते पूर्णपुष्टि पत्रिकामा प्रकाशन भएको ।
