Wednesday, May 6News That Matters

फौजी किराले अन्नबाली सखाप, कृषक चिन्तित

उदयपुर, भदौ १९ गते ।

फौजी किराले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उदयपुरका पहाडी भेगमा कृषकहरु चिन्तित बनेका छन् । लामो खडेरीपछि फौजी किराले बारीमा लाएको हिउँदे बाली खाएर सखाप पारेपछि कृषकहरु चिन्तित भएका हुन् ।

जिल्लाको पहाडी रौतामाई, लिम्चुङ्बुङ, ताप्लि गाउँपालिकाको तल्लो भेग बेँसी खण्ड र कटारी नगरपालिकाको पहाडी भेगका बेँसी क्षेत्रमा किराको प्रकोप बढेको छ । दुध कोशी (पञ्चकोशी) किनारा आपासदेखि लेखको तल्लो भेग कछाँडसम्मको क्षेत्रमा किराले अन्नबाली, बोट विरुवा खाएको स्थानीयबासीले बताएका छन् ।

रौतामाईको तल्लो गुराँसे, फोक्सिन्टार, कटहरे, हातिपाईले, भोर्लेनी, पाकाना, आदामारा, चण्ढौटे, बेलबोटे, विमिरे, लिम्चुङ्बुङको लाकु, बलम्ता, ताम्लिछा, ताप्लिको थुम्कि, रामपुर, रुपाटार र कटारीको लेखानी आसपासको क्षेत्रमा किराले मकै, जुनेलोको विरुवा, अदुवा खाए सखाप पारेको हो ।

नेपालमा नयाँ मानिएको फौजी किराले बारीमा लगाएका हिउँदे बाली खाएर सखाप पारेपछि खडेरीले पिरोलीएका कृषकहरु खाद्यन्न समस्यामा परेका छन् । खडेरीले बारीमा छरेको मकैको विउ समेत नफर्केकाले दिउँदे बालीको रुपमा पनि मकै नै छरेको तर किराले खाएर बारी रित्याएको स्थानियले जनाएको छ ।

हल्का खैरोमा कालो र खाले–खाले रङको ठाडो धर्सा भएको किराले मकै, जुदेलोका विरुवाको पलाउँदै गरेको टुप्पोबाट गुदी खादै फेदमा झार्ने गरको स्थानीय कृषक लछीबहादुर राईले बताए । किराले विरुवाको गुदी नै खाई दिने भएकाले किराले खाएपछि कुनै उपाय नभएको स्थानीय कृषक राईले बताए । गत साल अन्नबाली नखाई सालको कलिलो मुना खाएको किराले यसपाली हिउँदे बालि खाएको उनले बताए ।

२०७४ सालमा हिउँदे बाली कोदो र दालदलीउन किराले खाएको थियो  । फौजी किराले मकै बाली सखाप पारेपछि पसलको औषधी छिटे पनि खासै त्यसको प्रभाव नपर्ने गरेको स्थानीय कृषक राईले बताए । किराले पात अलि–अलि खाएर सिधै गुदी खाने भएकाले औषधीले समेत खासै काम नगरेको उनले बताए ।

किराले खाएको मकैको विरुवा फुटाएर हेर्दा भित्र स–साना किराको बच्चा समेत रहेको स्थानीय कृषक राईले बताए । औषधी छिट्दा बाहिरको किरा मात्रै मर्ने भएकाले खाएको ठाउँमै टुप्पोबाट औषधी खन्याउदा समेत किरा हत्पत नमर्ने उनले बताए ।

खडेरीले बारीमा छेरेको मकै विउ समेत नफर्किएको र कोदोको विउ (व्याड) राख्न नपाएकाले हिउँदे बालीको रुपमा कमै र जुनेलोको छरेपनि किराले खाएपछि खाद्यन्न समस्या परेको स्थानीय कृषक कुमार कार्कीले बताए । मकै, जुनेलोको विरुवा खाई सकेपछि अहिले जंगलका बोट विरुवा तिर किरा सरेको उनले बताए ।

गत वर्षहरुमा हिउँदे बाली जुनेलो, कोदो र दालदलिउन छर्ने गरिन्थ्यो । तर यसपाली कमै उत्पादन नभएको र कोदो व्याड राख्न नपाएकाले हिउँदे बाली पनि मकै नै छरेको स्थानीय कृषक कार्कीले बताए । बारीको काली सकिएपछि अहिले काम्ले, सालीमा, खयार, स्यालफुस्रो, घोत्ली लगायतका बोट विरुवाको कलिलो मुना खादै गरेको उनले बताए ।

किरा मार्ने विषदीले समते काम नगरेपछि बारीमा फैलिएको किराको प्रकोप नियन्त्रण गर्न नसकिएको स्थानीय कृषक कार्कीले बताए । वर्षे र हिउँदे दुवै बाली उत्पान नभएपछि स्थानियबासीहरु गाउँ बस्न सक्ने अवस्था नरहेको उनले बताए ।

किरा बारीको बालीनाली सकाएर जंगल प्रवेश गरेकाले अव गाई वस्तु बचाउनमा समेत समस्या आउने स्थानीयबासीमा चिन्ता थापिएको छ । खानेपानीदेखि खाद्यन्नसम्मको संकट झेल्दै आएका स्थानियबासीले किराको प्रकोपबाट जंगल रितिएपछि गाई वस्तु कसरी बचाउने भन्ने समस्या थपिएको स्थानिय कृषक जसबहादुर आलेमगरले बताए ।

बारीको अन्नबाली खाई सकेर अदुवा हुदै जंगल नै खान थालेको किराले ठूलै समस्या निम्त्याउने स्थानिय कृषक मगरले बताए । खडेरीले पसलको चामल किनेर खान बाध्य बनायो । अव किराले गाउँ नै छाड्नु पर्ने अवस्था ल्याउन सक्ने उनले बताए ।

खडेरीकै कारण पानीको स्रोत सुकेपछि खेतमा धान समेत रोप्न पाएको छैन । पानीको समस्याले गर्दा अधिकांश स्थानीयबासीको खेत बाँझो बन्दै गएको स्थानीय कृषक मगरले बताए । खोलामा पानी सुकेपछि खेत बाँझिन थालेको हो । बारीमा मकै नफल्दा खेतको धानले धान्दै आएको स्थानीयबासीहरु खेतमा समेत धान रोप्न नपाएछि खाद्यन्नको लागि बाहिरी आयात चामकै भर पर्नुपरेको उनले बताए ।

यतिको लामो खडेरी र यस्तो खालको किराको प्रकोप अहिलेसम्म नदेखेको र नभोगेको स्थानीय बुढापाकाहरु बताउँछन् । बाजे बराजुहरुले उहिले सलह भन्ने फट्याङ्ग्रो जस्तो किरा उडेर आएर जहा बस्यो त्यहि बोट विरुवा र अन्नबाली माटोमै मिलउने गरेको बुढापाकाहरुले बताएका छन् ।

खडेरी र किराको प्रकोपले स्थानी जनता पिरोलिदा समेत स्थानिय सरकारले कुनै प्रकारको राहत तथा किरा नियन्त्रणको पहल नगरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् ।