
सुनसरी, भदौ १९ गते ।
सुनसरीको ईटहरीमा घर भित्र राखेको मोटरसाईकल चोरेर लैजाने गरेको अस्थामा एक जना पक्राउ परेको छ । ईटही– ४ निबासी देवीप्रसाद सापकोटालको घर कम्पाउन्ड भित्र राखेको मोटरसाईकल सुमित मगरले चोरेर लैजादैगर्दा प्रहरीले पक्राउ गरेको हो ।
सापकोटाले घरको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको को १७ प ९०२४ नम्बरको मोटरसाईकल धरान– १५ निबासी मगरले चोरी गरी ठेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चोरीको मोटरसाईकलसहित पक्राउ परेका मगरलाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।
