
बेलका, बैशाख १
बेलका नगरापालिका ८ की अन्दाजी ३२ बर्षिय महिला शनिवार बदेलको आक्रमणमा परि घम्भिर घाईते भएकी छिन् । नजिकैको कोशीटप्पु जंगलमा दाउरा काट्न गएकी मनमाया राईलाई बदेलले आक्रमण गर्दा घाईते भएकी हुन् । करिब बिहान ६ः३० बजेको समयमा दाउरा काट्न निस्केकी राईको टाउको, हात, र पाखुरामा मासु लुछि घाईते बनाएकी हुन् । उनीको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार पछि अवस्था सामान्य बन्दै गएको स्थानीयले बताए ।