Thursday, July 23News That Matters

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

काठमाण्डौँ, साउन १३
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।

गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ । (रासस)